पत्रपत्रिका
कुखुराको दानाको मूल्य आकाशियो
शुक्रबार, ०३ वैशाख २०७८, ०६ : ३६
काठमाडौं । कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो ।
गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण