गुल्मी जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया
गुल्मी– गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा र बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको खबरले नागरिकहरुमा खुसी छाएको छ ।
यसअघ जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नहुँदा पाल्पा र बुटवल लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।
पछिल्लो समय जिल्ला अस्पताल तम्घासमा आएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गगर्न सुरु गरेका हुन् । ‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’पच्याले भने,‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’
पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् ।
‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भने, ‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याका अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गरेपनि तर जिल्लामा करिव ८ हजारमा सो रोगको उपचार हुने उनले बताए ।
गत एक वर्षभरीमा जिल्ला अस्पताल गुल्मीले जम्मा प्रसुति सम्वन्धी १३ वटा मात्रै जटिल शल्यक्रिया गरेको थियो । ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते गुल्मी आएका डाक्टर पाच्यले डेढ महिनामै १९ शल्यक्रिया गरिसकेका छन् । अस्पतालबाटै हाड सम्वन्धी सल्यक्रियाको पनि सेवा दिने तयारीमा रहेको डा पाच्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण