कर्णालीमा मतदान अघि–पछि के–के भयो ? यसरी छुट्टिए कँडेलसँग ज्वाला
काठमाडौं । कर्णाली प्रदेशका एमाले सांसद प्रकाश ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरु शुक्रबार विहान करिब ११ बजेसम्म मुख्यमन्त्रीको निवासमै थिए ।
उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरुलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरु बैठकमा सामेल भए । बैठकमा ज्यालाले संसदीय दलका निर्णय मान्ने संकेत गरेका थिए ।
फ्लोर क्रस गर्ने सांसदद्वय कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।
बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि भने उनी दलका नेता यामलाल कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । फ्लोर क्रस गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण