सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा
आइतबार, ०५ वैशाख २०७८, १७ : ०७
काठमाडौं । सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुनेछ ।
कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको जनाएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण