प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त
काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले नवनियुक्त अध्यक्ष सिटौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
आजै सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिई पदभार समेत ग्रहण गरेका छन् । सिटौलाले बैंक सञ्चालक समितिको २०९औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त उनीलाई बैशाख २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव सँगालिसकेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका सिटौलाले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । अध्यक्ष सिटौलासँग नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समितिमा रही काम गरेको अनुभव छ । साथै बीमा संस्थान, नेपाल स्टक एक्सचेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरेको अनुभव सिटौलासँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल