जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते
मङ्गलबार, ०७ वैशाख २०७८, १३ : २९
बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।
४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए