प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूह, सहायकस्तर चौथौ र सह लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगका निमित्त सचिव भोला दाहालका अनुसार गत पुस २५ गते उक्त पदहरुको पहिलो चरणको परीक्षा संचालन गरी गत चैत १६ गते नतिजा प्रकाशन गरिएको थियो । मानव स्वास्थ्य नै मुख्य कुरा भएको र र जोखिमको अवधिभर भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न सरकारको स्पष्ट निर्देशन भएकोले परीक्षा रद्ध गर्न परेको दाहालले रातोपाटीलाई बताए ।
परीक्षा स्थगित भएसँगै २ हजार ५ सय ७२ जना परिक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।
परीक्षा स्थगित भएपछि परीक्षाको तयारी गरिरहेका परिक्षार्थीहरु समस्यामा परेका छन् । परीक्षार्थीहरूले परीक्षा स्थगित भएपछि परीक्षा कहिले हुने भन्ने सन्दर्भमा चासो चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण