आइपिएल : चौथो खेलमा हैदरावादको पहिलो जित
चेन्नई । इन्डियन प्रिमियरल लिग अन्तर्गत सनराइजर्स हैदरावादले आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको छ । बुधबार चेन्नईमा आयोजित पञ्जाव किङ्ग्सविरुद्धको खेलमा हैदरावादले जितको स्वाद चाखेको हो । लगातार तीन खेलमा पराजय व्यहोर्दै आएको हैदरावादले पञ्जावविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जावले निर्धारित १९ ओभर चार बलमै आफ्ना सबै विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले एक विकेटको क्षतिमा लक्ष्य प्राप्ति गरेको हो ।
हैदरावादका लागि जोनी बेरिस्टोले अविजित ६३ रन बनाए भने कप्तान डेविड वार्नरले ३७ र केन विलियम्सनले अविजित १६ रन बनाए । यसअघि पञ्जावका लागि मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन जोडेका थिए । यस्तै क्रिस गेलले १५, मोइसिस हेनरिक्सले १४ र दीपक होडाले १३ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए ।
हैदरावादका लागि खलिल अहमदले तीन, अभिषेक शर्माले दुई तथा भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले एक÷एक विकेट लिए । जारी प्रतियोगितामा हैदरावादले यसअघि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर बेंग्लोर र कोलकाता नाइटराइडर्ससँग पराजय व्यहोरेको थियो ।
चौथो खेलअघि अंक तालिकाको पुछारमा रहेको हैदरावाद पञ्जावविरुद्ध जित हासिल गरेसँगै पाँचौं नम्बरमा पुग्न सफल भएको छ । पराजयसँगै पञ्जाव भने अंक तालिकाको पुछारमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण