हेटौंडामा २३ कोरोना संक्रमित थपिए
शुक्रबार, १० वैशाख २०७८, १७ : ५९
मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडाका २२ बाहिर जिल्लाका एकसहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हेटौंडामा ४१ जनाको स्वाबको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसँगै मकवानपुरमा संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २२ जना र नुवाकोट घर भइ हाल हेटौंडा बस्दै आएका एक जनमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १७ जना पुरुष र ६ जना महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशरथ रंगशाला प्रकरण : नेपाली खेलकुदको यो कस्तो ताल !
-
बलात्कार प्रकरणमा सन्दीप लामिछानेको दाबी : घटना घटेको होइन, घटाइएको हो
-
त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा शिक्षामन्त्री साक्षी
-
लुम्बिनीमा वैशाख महिनामा मात्रै आगलागीका ४२१ घटना, पाँच जनाको मृत्यु
-
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
-
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति