एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने
काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।
प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ.सी. चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भरत खवास मार्कि प्लेयर रहेका एफ.सी. चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।
मेघराज केसीको प्रशिक्षणमा रहेको एफ.सी. चितवनमा विकास खवास, विकास तामाङ, विवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, विशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायतका खेलाडीहरु रहेका छन् ।
खेल वैशाख ११ देखि शुरु हुँदै छ । भने एफ.सी. चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफ.सी. विरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिको लागि प्रतिस्पर्धा गर्नेछन् । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण