जनतालाई राहत दिने बेलामा सरकार शिलान्यासमा केन्द्रित भयो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना महामारीबाट देश आक्रान्त भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डले सरकारका साथै निजी क्षेत्रसँग अपील गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ, ...स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ ।’
प्रचण्डले विज्ञप्तिमा भनेका छन् ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण