वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु
कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ ।
वीरगन्जमा बुधबार मात्रै कोरोनाले ५ जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु भएको हो । वीरगन्जमा ३ दिन ९सोमबार देखि बुधबार ० सम्म १२ जनाको मृत्यु भएको छ । बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृत्यु भएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा १९ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक २३ जनामध्ये पर्साका १५ जना , बाराका ५ , सर्लाहीका २ जना र रौतहटका १ जना हुन् ।
नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्पतालमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण