मारुती सिमेन्ट बन्यो नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट
काठमाडौं । मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट बन्न सफल भएको छ । हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।
यो भन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको कम्पनीको दावी छ । अब यो सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ ।
मार्केटिङ प्रमुख राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ताहरू, कन्ट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ–चिन्तकहरु तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्णलाई दिन चाहेको बताए । उनले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने बताए ।
मारुती सिमेन्ट आज भन्दा १५ वर्ष अगाडि नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्ट)को उत्पादन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण