चर्चामा प्रियंकाको बेबीबम्पको नयाँ तस्बिर
काठमाडौंँ । प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।
हालै इन्स्टाग्राममा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिर उनले विदेशी नक्कल गर्दै बनाएकी हुन् । जसले एकैसाथ गाली र प्रशंसा दुबै पाइरहेको छ । तस्बिरका कारण उनी ट्रोलको निसानामा समेत परेकी छन् । कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् । तस्बिरमा सर्वसाधारणले दिएको प्रतिक्रियामा प्रियंका भने चुप छिन् ।
प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । विवाह पछि भने उनी अभिनयभन्दा समाज सेवामा सक्रिय देखिँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण