सर्वाधिक संक्रमण र मृत्यु
कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना ९४७।०३ प्रतिशत० मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ ।
लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमशः ४२।९९ र ४३।३६ प्रतिशत थियो ।
मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका र तराई जिल्लाका छन् । सातायता मात्रै कोभिडले मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ । ‘सक्रिय उमेर समूहका संक्रमितको मृत्यु बढी भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।’
सातायता मृत्यु हुनेमध्ये करिब २० प्रतिशतलाई कोमर्बिडिटी देखिएको डा। अधिकारीले बताए । वैशाख १५ देखि २० गतेसम्म कोभिडले मृत्यु हुने १ सय ६८ जनामध्ये ३३ जनालाई कोमर्बिडिटी ९दुई वा दुईभन्दा बढी रोग हुनु० देखिएको हो । यो साता सबैभन्दा बढी उमेरअन्तर्गत गत शनिबार काठमाडौंका
१०२ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण