गुल्मीमा थप एक संक्रमितको मृत्यु
बुधबार, २२ वैशाख २०७८, १० : १५
गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उनका अनुसार उनको वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् । योसहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ ।
जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यस अघि १३ सहित २५ जनाको मृत्यु भएको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण