शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शंकर पोखरेल नक्कली मुख्यमन्त्री हुन्ः पूर्वमन्त्री बराल

बुधबार, २२ वैशाख २०७८, १२ : १८
बुधबार, २२ वैशाख २०७८

लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सुदर्शन बरालले शंकर पोखरेलले  किर्ते हस्ताक्षर गरेर प्रदेश प्रमुखबाट मुख्यमन्त्री पदमा पुनः नियुक्ति लिएको आरोप लगाएका छन् । उनले किर्ते गरेकाले पोखरेल नक्कली मुख्यमन्त्री भएको दावी पनि गरे । 

बुधबार बिहान रातोपाटीसँग कुराकानी गर्दै बरालले ८१ जना सांसद रहेको प्रदेश सभामा पोखरेलको पक्षमा जम्मा ३७ जना सांसद रहेपनि उनले किर्ते गरेर मुख्यमन्त्रीमा नियुक्ति लिएको आरोप लगाए ।  

  ‘नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ( जसपा ) गठबन्धनमा ४२  जना सांसदको हस्ताक्षर लिएर हामी  प्रदेश प्रमुख  धर्मनाथ यादवकहाँ पुगेका थियौं,  तर उहाँले  म बुझ्छु –हेर्छु भन्दै  अल्मल्याउनु भयो’, उनले आरोप लगाए । 

बरालले भने, ‘हामी बहुमत सदस्यहरु त्यसरी स–शरीर जाँदा पनि प्रदेश प्रमुख जस्तो सम्मानित ब्यक्ति यादवले नेकपा एमालेको एउटा साधरण कार्यकर्ताले गर्ने  भन्दा पनि निकृष्ट राजनिति गर्नु भयो ।’

 प्रदेश प्रमुख जस्तो संवैधानिक ओहदामा बसेको व्यक्तिले  संविधान र विधी पद्धतिको  धज्जी उडाउँदै राती–राती  सपथ दुःखद भएको उनले बताए । 

   उनले  आफुहरुको गठबन्धनले प्रदेश प्रमुख यादवलाई महाअभियोग लगाएर बर्खास्त गरिनुपर्ने माग  गरेको बताए   । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पूर्वमन्त्री बरालले भने–‘हाम्रो पक्षमा बहुमत छ ।  हामीले त्यो किर्ते गरि बनेको अल्पमतको सरकारलाई स्वीकार गर्दैनौं । किर्ते हस्ताक्षर बिरुद्ध अदालत  खुले पछि जान्छौं  ।’

      यसअघि मुख्यमन्त्री सहित ७  वटा मन्त्रालय रहेकोमा  अहिले धमाधम  विभिन्न विभागको नाम राखेर १०  जना मन्त्रीहरुलाई नियुक्ति गर्नुको कुनै अर्थ नरहेको नेता बरालको भनाई छ । यसअघि नै विपक्षी गठबन्धनले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप