गुल्मीमा थप ३ कोरोना संक्रमितको मृत्यु
गुल्मीमा बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सत्यवती गाउँपालिका ७ जुनियाका ६९ बर्षीय पुरुष रहेका छन् । गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो भने थप दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको त्यस अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ गुल्मीका ४५ बर्षीय पुरुषको हिजो साँझ ९ बजे र गुल्मी कै कालिगण्डकी गाउँपालिका ७ का ५५ बर्षीय पुरुषको विहान ३ बजे कोरोना संक्रमणबाट ज्यान गएको बताए । यो सहित गुल्मीमा दोश्रो लहरमा मृत्यु हुन संक्रमितको संख्या १४ पुगेको छ ।
पहिलो लहरमा पनि १३ जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका फोकल पर्सन गोपाल कार्कीले हिजो साँझ सम्म ३३४ संक्रमित रहेकोमा अहिले विहान सम्म संक्रमितको संख्या ३६९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण