शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बुधबार, २२ वैशाख २०७८, १२ : ४०
बुधबार, २२ वैशाख २०७८

 लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ  नियुक्त गरेका मन्त्रीहरु  चेतनारायण आचार्य, भोज प्रसाद  श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

आचार्य आन्तरिक मामिला  तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ  र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन् । 

यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ । आज शपथ ग्रहण गरेका आर्चाय र श्रेष्ठ  एमाले पार्टीका हुन्  भने श्रीवास्तव सूर्य चिन्ह लिएर प्रदेशसभाका निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप