न्यायिक व्यक्तित्व गुमायौ : सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।
बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व.लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्र प्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ ।” बैठकले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
पूर्व महान्यायाधिवक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकामा मङ्गलबार निधन भएको थियो । जनकपुरमा विसं २००० माघ २ गते जन्मिएका निरालाले काठमाडौँलाई कर्मथलो बनाएका थिए । उनी कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण