मजदूरका पीडा– काम पनि छैन, माम पनि छैन,अब घरै फर्कन्छु
गुल्मी । ‘यता बसेर के गर्नु छ र ? काम पनि छैन, माम पनि छैन । अब घरै फर्कन्छु ।’ बुधबार बिहान गुल्मीको सदरमुकाम तम्घासको पूरानो बजारस्थित एउटा बन्द पसलको पेटीमा ओत लागेर बसेका मजदूरले घरमा रहेकी छोरीसँग फोनमा कुरा गर्दा व्यक्त गरेका शब्द हुन् यी ।
पानी परिरहेका कारण पसलको पेटीमा ओत लागेर उनी घरमा रहेकी छोरीसँग सुख–दुःखका कुरा साट्दै थिए । अर्घाखाँचीको मालारानी गाउँपालिका डाँडाकटेरी घर बताउने राइटे नेपाली कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आफू काम र मामविहीन हुनु परेको बताउँछन् ।
४८ वर्ष उमेर भएका उनी सुगरको बिरामी हुन् । तै पनि ज्याला मजदूरी गरेर श्रीमती र पाँच छोरीसहितको परिवारलाई भरथेग गर्दै आएका छन् । तर अहिले निषेधाज्ञाका कारण रोजगारी पाउन छोडेको उनले बताए ।
उनी विगत डेढ दशकदेखि तम्घासमा पल्लेदारीको काम गर्दै आएका छन् । यसरी दैनिक कमाएको पैसाले घर खर्च चलाउनुबाहेक अरु कुनै उपलब्धि हुन नसकेको उनले बताए । ‘यहाँ हामी ८ जनाले सिमेन्ट, छड लोड–अनलोड गर्ने काम गर्दै आएका थियौं,’ उनले भने, ‘अरु ७ जना घर गईसके, मचाहिँ केही काम पाइहालिन्छ कि भनेर बसेको ।’
कमाइ ठप्प भएका कारण अब खानकै लागि पनि समस्या हुन थालेको उनले बताए । ‘यहाँ अब राशन पाउन पनि छाड्यो । खाना पकाउन फर्निचरमा गएर दाउरा लिएर आउँथेँ, अब त फर्निचर पनि बन्द भयो,’ उनले भने, ‘यस्तो अवस्थामा अब घरै जानुपर्ला ।’
सदरमुकाममा कोरोना कहरले अप्ठ्यारोमा परेका मजदुरमध्येका उनी प्रतिनिधिपात्र मात्रै हुन् । जिल्लाभित्रका मात्र नभई छिमेकी जिल्ला बाग्लुङ्ग, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, रुकुम, रोल्पासम्मका सयौं मजदुर लामो समयसम्म लकडाउन भयो भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण