पाल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
बुधबार, २२ वैशाख २०७८, २१ : ५१
पाल्पाको रम्भा गाउँपलिका–३ स्थित पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोर जिरोकिलोबाट पिपलडाँडा तर्फ जाँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बगनासकाली गाउँपालिका–६ घर भएका जिवन न्यौपानेको मृत्यु भएको छ ।
२२ वर्षीय न्यौपानेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले रातोपाटीलाई बताए । ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर रम्भा गाउँपालिका–३ घर भएका ४० वर्षीय हरि बस्याल घाइते भएका छन् ।
बस्यालको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको इन्सपेक्टर पचभैयाले बताए । ट्याक्टर चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण