‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिन्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
अक्सिजन सिलिन्डरको सङ्ख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनका अनुसार धेरै भन्दा धेरै सिलिन्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ । मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने जनाएको छ । उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
लुम्बिनी प्रदेशमा झण्डै ३० अर्बको बजेट आउने अनुमान