तीव्र दौडधुपमा विपक्षी दल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने रु’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।
कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तास“गै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।
कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ?’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए । गएको मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।
बिहीबार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रबार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । यता, ललितपुरमा बुधबार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । सो छलफलबाट विपक्षी दलले ‘राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने’ निर्णय भएको थियो ।
प्रधानमन्त्री ओलीले गएको बुधबार कांग्रेससँग ‘विश्वासको मत’ माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् ।
तर, कांग्रेसले ‘विश्वास गर्ने वातावरण नभएको’ भन्दै ‘मत दिन नसकिने’ जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ‘ठीक नभएको र सरकार पटकपटक गलत बाटोमा हि“डेको’ भन्दै कांग्रेसले सरकारलाई सचेतसमेत गराएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण