उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् । यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए ।
अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं भन्ने ओलीलाई यादवको प्रश्न थियो ।
यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उनले भने, ‘मैले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’
यस्तै ओलीले आन्दोलनकारी मारिँदा एक दुई आँप झरेको नभएको पनि दाबी गरे । ‘अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन न भनेको हो’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण