ओलीले विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् । ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।
आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । मतदानमा जम्मा २३२ सांसद उपस्थित रहे ।
प्रतिनिधिसभा सदस्यको कुल संख्या २७५ हो । यसमा माओवादीका ४ जना पदमुक्त भएका र थप ४ जना निलम्बित सांसदलाई घटाउँदा २६७ हुन जान्छ । यसमध्ये सभामुखले मत नदिने भएकाले मतदान गर्ने कुल संख्या २६६ हो ।
तर, २६६ मध्ये सोमबार संसदमा २३२ जना मात्र मतदानमा सहभागी भए । २६६ मतदातामध्ये २३२ मत मात्रै खस्नु भनेको मतदान प्रक्रियामा ३४ सांसदहरु सहभागी नबन्नु हो ।
मतदानमा अनुपस्थित हुनेमध्ये एमालेका २८ सांसद छन् भने बाँकी ६ जना सांसद अनुपस्थित देखिएका छन् । यसमध्ये राप्रपा सांसद राजेन्द्र लिङ्देन कोरोना लागेर झापामा थिए । जसपाका लक्ष्मणलाल कर्ण लगायतका सांसद पनि अनुपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण