उद्योग परिसंघद्वारा सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सँधै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९को तिव्र संक्रमणकाबीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए ।
सो अवसरमा अध्यक्ष मोरले अहिलेको आपतकालिन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेका अक्सिजन सिलिन्डरहरू आवश्यकताका आधारमा सरकारलाई उपलब्ध गराउन सबै उद्योगीहरुलाई आह्वान समेत गरिसकिएको बताए ।
हस्तान्तरण गरिएका कन्सन्ट्रेटर परिसंघका सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत सयोग प्रदान गरिएको हो । उक्त कम्पनीले झण्डै २ करोड रुपैयाँ बराबरको सहयोग गरेको परिसंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख
-
सभापति चयन गर्न बागमती प्रदेशसभाका चार संसदीय समितिको बैठक बस्दै
-
भोलिसम्म सदनको अवरोध हट्ने छ : प्रधानमन्त्री
-
ज्याभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी
-
सुन १४ सयले बढ्दा चाँदीको मूल्य पनि उकालो
-
च्याउ खेतीमा २५ करोड लगानी : नेपाली भान्सामा परिचित बन्दै ‘राजा च्याउ’