उद्योग परिसंघद्वारा सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सँधै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९को तिव्र संक्रमणकाबीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए ।
सो अवसरमा अध्यक्ष मोरले अहिलेको आपतकालिन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेका अक्सिजन सिलिन्डरहरू आवश्यकताका आधारमा सरकारलाई उपलब्ध गराउन सबै उद्योगीहरुलाई आह्वान समेत गरिसकिएको बताए ।
हस्तान्तरण गरिएका कन्सन्ट्रेटर परिसंघका सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत सयोग प्रदान गरिएको हो । उक्त कम्पनीले झण्डै २ करोड रुपैयाँ बराबरको सहयोग गरेको परिसंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण