भक्तपुरमा ३० वर्षीय पुरुषको शव फेला
आइतबार, ०२ जेठ २०७८, १४ : २६
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढिऔँला र चोरी औंलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण