शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभावकारी : केजरीवाल

आइतबार, ०२ जेठ २०७८, २३ : ०४
आइतबार, ०२ जेठ २०७८

एजेन्सी । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताएका छन् । राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।

उनका अनुसार लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ । आइतबार संघीय मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दिल्लीको सङ्क्रमण दर १०.४० मा झरेको छ । 

दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ । 

मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेका छन् । खोपको अभाव नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप