लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभावकारी : केजरीवाल
एजेन्सी । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताएका छन् । राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।
उनका अनुसार लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ । आइतबार संघीय मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दिल्लीको सङ्क्रमण दर १०.४० मा झरेको छ ।
दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ ।
मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेका छन् । खोपको अभाव नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण