कोरोना संक्रमितले उपचार पाउने र अस्पतालबाट फर्किनु नपर्ने सुनिश्चितता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा शय्याको अभावमा कोरोना संक्रमितले उपचार नपाउने अवस्थाको अन्त्य गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत भनेको छ ।
नेपालको संविधानमै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने हकको प्रत्याभूति गरिएकाले कोरोनाका महामारीका क्रममा आधारभूत स्वास्थ्य सेवा नपाउनु गम्भीर चिन्ताको विषय भएको सर्वोच्चले उल्लेख गरेको छ ।
कुनै पनि बहानामा सरकार जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबाट पछि हट्न नमिल्ने भन्दै अदालतले कोरोना नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको छ ।
जसअनुसार अक्सिजन, आधारभूत औषधि वा शय्याको अभावमा संक्रमितले उपचार नपाइ अस्पतालमा भर्ना नपाउने वा अस्पतालबाट फर्किन नपर्ने सुनिश्चितता गर्न अदालतले आदेश दिएको छ । यस्तै अक्सिजनको पर्याप्त उपलब्धता गर्न, आईसीयू, भेन्टिलेटरको उपलब्धता सुनिश्चित गर्दै सोको समन्वय र व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम बनाउन पनि अदालतले आदेश दिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण