अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव
मङ्गलबार, ०४ जेठ २०७८, २२ : ३३
रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उनले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।
“नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।
गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
जुवातास खेल्ने ६ जना पोखराबाट पक्राउ
-
भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?