बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा र पाण्डेलाई जिताउन जनमोर्चाको अपील

बुधबार, ०५ जेठ २०७८, १६ : १७
बुधबार, ०५ जेठ २०७८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटालाई समर्थन गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा बाग्मती प्रदेशमा जेठ ६ गते हुने निर्वाचनमा उम्मेदवार रहेका डा.देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताइएको छ ।

डा.देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उम्मेदवारको रुपमा खडा हुनुभएको प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ :  ‘ प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उमेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरूको साझा उमेदवारको रुपमा अगाडि सार्ने सहमति अनुरुप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ ।’

त्यस्तै जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने निर्वाचनका उमेदवार दीर्घनारायण पाण्डेयलाई समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ । प्रतिगमनका विरुद्ध रहेका प्रतिगमन विरोधी शक्तिहरुका उमेदवारलाई अत्याधिक मतले विजय गराउन समेत सो पार्टीले सबैमा हार्दिक अपील गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप