राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा र पाण्डेलाई जिताउन जनमोर्चाको अपील
काठमाडौं । राष्ट्रिय जनमोर्चाले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटालाई समर्थन गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा बाग्मती प्रदेशमा जेठ ६ गते हुने निर्वाचनमा उम्मेदवार रहेका डा.देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताइएको छ ।
डा.देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उम्मेदवारको रुपमा खडा हुनुभएको प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ : ‘ प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उमेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरूको साझा उमेदवारको रुपमा अगाडि सार्ने सहमति अनुरुप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ ।’
त्यस्तै जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने निर्वाचनका उमेदवार दीर्घनारायण पाण्डेयलाई समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ । प्रतिगमनका विरुद्ध रहेका प्रतिगमन विरोधी शक्तिहरुका उमेदवारलाई अत्याधिक मतले विजय गराउन समेत सो पार्टीले सबैमा हार्दिक अपील गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण