आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसलाई पहिलो उपाधि
युभेन्टसले एटलान्टालाई हराउँदै कोपा इटालियाको उपाधि हात पार्न सफल भएको छ । आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसको यो पहिलो उपाधि हो ।
डेजान क्लुभेस्कीले खेलको ३१ औँ मिनेटमा युभेलाई अग्रता दिलाए पनि १० मिनेट पछि नै रुस्लान मिलानोभस्कीले खेल बराबरी गरेका थिए । दोस्रो हाफको ७३ औँ मिनेटमा फेडेरिको किएसाले गोल गर्दै युभेको उपाधि सुनिश्चित गरे । खेलको अन्त्यतिर एटलान्टा १० खेलाडीमा समिति बनेको थियो ।
बुधबारको खेलमा ४३ सय दर्शकलाई सासुलोको मापेइ स्टेडियममा प्रवेशको अनुमति दिइएको थियो । कोरोनामहामारी सुरु भएपछि इटालीको हाइप्रोफाइल खेलमा दर्शकहरुलाई उपस्थित हुने अनुमति दिइएको यो पहिलो अवसर हो ।
लगातार ९ लिग उपाधि जितेको युभे एक खेल बाँकी छँदा लिगको पाँचौ स्थानमा रहेको छ । पिर्लोको नेतृत्वमा युभे उपाधि विहीन बन्ने खतार बनेको थियो । तर, एटलान्टाले सन् १६३ पछि पहिलो पटक कप उपाधि उचाल्ने मौका गुमायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण