संसद विघटनको दोस्रो दिन नेप्सेमा उछाल
आइतबार नेप्से परिसूचकमा चमक आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको छ । बजार १.१८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विशेषगरी बैङ्क तथा वित्तीय संस्थाहरुको समूहमा बढोत्तरी छ । वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स समूहका सूचक बढेपछि बजारमा उत्साह थपिएको हो । २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
खरिदबिक्री रकममा ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडी छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल लाइफ इन्सुरेन्स र ज्योति विकास बैङ्क परेका छन । १३ मध्ये १० समूहको सूचकमा हरियाली देखिएको छ । करिब १६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । मुलुक निर्वाचनमा जाने भएपछि त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।
निर्वाचन हुने वर्ष बजारमा पैसाको सहज आपूर्ति हुने आम धारणा छ । तल्लो तहसम्म पैसाको प्रवाह बढ्ने गर्छ । चुनावी माहोलमा बजारमा आएको पैसाको राम्रै हिस्सा सेयर बजारमा पनि भित्रिने गर्छ । विगतका अधिकांश चुनावी वर्षमा पनि सेयर बजार बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण