शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाङका १० क्रसर उद्योगलाई  कारवाहीको चेतावनी

आइतबार, ०९ जेठ २०७८, १८ : ०९
आइतबार, ०९ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौति गर्ने चेतावनी दिएको छ । कानुनविपरीत काम गरेको पाइएपछि गत वर्षको मंसिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धि काम बन्द गर्न निर्देशन दिएको थियो ।

तर, अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानीलगायतका सेवा सुविधाहरु बन्द गरिनुका साथै उद्योग र सञ्चालक समेतको बैंक खाता, कारोबारलगायतका कामहरु रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आइतबार एक सूचना जारी चेतावनी दिएका हुन् ।

प्रशोधनको अनुमति लिएर क्रसर चलाउनेमा बिजौरी स्थित स्वर्गद्वारी प्लान्ट प्रालि, सोही ठाउँकै जनविश्वास वालुवा वासिङ उद्योग, तुलसीपुरको गणेश वालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन उद्योग, तुलसीपुरकै मंगलम बालुवा प्रशोधन उद्योग, सतबरियाको बगारबाबा बालुवा प्रशोधन उद्योग रहेका छन् ।

त्यस्तै लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, बेलाकै पूर्णा गिरी एगृगेट बालुवा वासिङ उद्योग र बबईको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप