रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला
सोमबार, १० जेठ २०७८, १६ : ५१
रुपन्देहीको सैनामैना नगरपालिका –९ मा एक पुरुषको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५÷३० वर्षका ती युवाको विस्तृत विवरण खुल्न बाँकी रहेको छ ।
पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २÷४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण