मेरो कारणले एमाले एकता वार्ता भंग भएको झुठो हो: भीम रावल
एमाले नेता भीम रावलले आफ्ना कारणले एमाले एकता वार्ता भंग नभएको बताएका छन् । ओली निकट एक नेताले रावलका कारण एमाले एकता भंग भएको बताएका थिए । तर, ती नेताको भनाइको प्रतिवाद गर्दै नेता रावलले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु र विष्णु पौडेलबीच भएको वार्ताबारे खुलाएका छन् ।
नेता रावलले भनेका छन्, ‘केही व्यक्तिहरुले पार्टी एकताका लागि जेठ १० गते बालुवाटार नगएकाले वार्ता भंग भएको भन्ने कुरा झुठो हो ।’ उनले विष्णु पौडेलले फोन गर्दा आफुले दिएको जवाफबारे भनेका छन्–‘म एकताको पक्षमा छु । एकताका लागि पार्टी अध्यक्ष केपी ओलीजीबाट आजै यी कुरा होउन् पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ पछि २८ गतेको निर्णय लगायतका सवै पार्टी निर्णयहरु बदर गर्ने, दुई दिनभित्र स्थायी कमिटि बैठक गर्ने, स्थायी कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यता लगायतका संगठनात्मक विषयमा सिफरिस प्रतिवेदन पेश गर्न कार्यदल बनाउने र प्रतिनिधिसभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्ने ।’
तर उनले आफ्नो यो प्रस्तावमा विष्णु पौडेलले प्रधानमन्त्रीसँग सोधेर भनेपनि त्यसपछि पौडेलको फोन नआएको प्रस्ट पारेका छन् । ‘त्यसपछि विष्णुजीको फोन आएन । यी कुराहरु अरु कसैले गराए मेरो पुर्ण समर्थन हुने अरु केही नेता साथीहरुलाई पनि भनेको थिएँ । तर बेलुकी म लगायत ११ जनालाई पार्टी सदस्यताबाट निष्कासित गरिएको समाचार आयो यही हो सत्य कुरा,’ रावलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
