समाचार लेखेवापत दुई सम्पादकलाई सर्वोच्च अदालतमा झिकाइयो
काठमाडौं । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको ब्यहोराको समाचार लेख्ने दुईजना पत्रकारलाई सर्वोच्च अदालतले कार्यालयमै बोलाएर माफी माग्न दबाव दिएको छ । समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाइएको हो ।
अदालतले बोलाएपछि सम्पादकद्वय पत्रकार महासंघका पदाधिकारीलाई लिएर अदालत गएका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले उनीहरुलाई समाचारको श्रोत पुष्टि गर्न आग्रह गर्दै समाचार हटाउन र क्षमा माग्न भनेका थिए ।
समाचारमा चित्त नबुझेको भए अदालतले विज्ञप्ति मार्फत खण्डन गर्नुपर्ने या प्रेस काउन्सिलमा जानुपर्ने जवाफ दिँदै पत्रकारहरुले यसरी बोलाएर दबाव दिइनु उचित नभएको बताएका थिए ।
पत्रकार महासंघको आपत्ति
यसैबीच, समाचारको विषयलाई लिएर पत्रकारहरुलाई बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’
महासचिव पुरीले भनेका छन्, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’
प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च
यसैबीच मंगलबार नै सर्वोच्च अदालतले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उल्लेखित समाचार दुरासयपूर्ण र भ्रमपूर्ण रहेको बताउँदै सर्वोच्च अदालतले यो विषय पत्रकार आचारसंहिता विपरीत भएकाले ‘कानूनी दायरामा आउन सक्ने’ भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण