बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीएसपीले पिटे (भिडियोसहित)

बुधबार, १२ जेठ २०७८, १९ : ०४
बुधबार, १२ जेठ २०७८

काठमाडौं । पर्साको वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरीका डीएसपीले कुटेका छन् । वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका हुन् । रातोपाटीलाई प्राप्त भिडियो फुटेजमा कार्कीले लाती र लौराले उनलाई कुटेको देखिन्छ । 

मोवाईलबाट भिडियो खिचेको आरोपमा अप्रोजलाई कार्कीले अमानवीय तरिकाले कुटेको वीरगञ्जका स्वास्थ्यकर्मी करण पटेलले रातोपाटीलाई बताए । ‘कुटेपछि उहाँले मोवाईल पनि लिएर जानुभएको छ’ पटेलले रातोपाटीसँग भने– ‘मोवाइल फिर्ता दिइएको छैन् ।’ 

मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएको वीरगञ्जका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए । ‘हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो बनाएको हुनाले कुटपिट गरिएको हो’ एसपी पाण्डेले रातोपाटीसँग भने–‘अलि दिन अघिको घटना हो, हाम्रो प्रहरीमाथि हातपात भएको भिडियो उनले बनाएका थिए ।’

डिएसपी कार्कीले कुटपिट गरेको कुरा पाण्डेले स्वीकारे । भने– ‘त्यसबेला प्रहरीलाई हातपात गर्ने चारजना थुनामा छन् ।’ एसपी पाण्डेले पुरानो घटना भने पनि पीडित पक्षले बुधवार बिहान १० बजेको घटना भएको बताएका छन् । 
प्याथो सर्जिकल हाउस वीरगञ्जको पानी ट्यांकीमा छ । स्वास्थ्यकर्मी तथा प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले सो घटना बुधबार बिहानको भएको दाबी गरे । उनले भने– ‘आज बिहान १० बजेको घटना हो, पुरानो घटनासँग कुनै सम्बन्ध छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप