शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाख्रा चराउन जाँदा बाघको आक्रमण, ७४ वर्षीय बृद्धले लडेर जोगाए ज्यान

बुधबार, १२ जेठ २०७८, २२ : ४७
बुधबार, १२ जेठ २०७८

बुधबार बेलुका बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिया मधुबन नगरपालिका ईन्द्रपुर बस्ने वर्ष ७४ का लाल बहादुर थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बेलुका ४:५० बजेको समयमा वडा नं. १ स्थित औराही सामुदायिक वनमा बाख्रा चराइरहेको अबस्थामा थारूमाथि पाटे बाघले आक्रमण गरेको थियो । प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार थारूले आफ्नो साथमा रहेको खुर्पाले प्रहार गरे पश्चात चोट लागी बाघ जंगलतर्फ भागेको थियो ।

शाही अनुसार बाघले थारुको अनुहार चिथोरेको छ भने दाहिने खुट्टाको साप्रामा समेत घाउ भएको छ । घाइते लाल बहादुर थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप