शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीमा ५ राजनीतिक दलद्वारा संसद विघटनविरुद्ध एकजुट हुन अपिल

बुधबार, १२ जेठ २०७८, २३ : ०३
बुधबार, १२ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेपछि बुधबार गुल्मीमा पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो त्याग बलिदान र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई समाप्त गर्दै निरंकुश र सर्वसत्तावाद मार्फत मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनीहरुको आरोप छ ।

संविधानको संरक्षणको दायित्व रहेका राष्ट्रपतिले समेत प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित पेश भएको दावीपछि प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्वबाट विमुख भइ नेपालको संविधान र लोकतन्त्रमाथि नै गम्भीर प्रहार गरेको पाँच दलले विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् । विज्ञप्तिमा  नेपाली काँग्रेस जिल्ला सभापति भुवन श्रेष्ठ, नेकपा माओवादीका सचिव वीर बहादुर कार्की, एमाले गुल्मी सचिव सोमनाथ सापकोटा, जनता समाजवादीका उपाध्यक्ष  घनश्याम पाण्डे र राजमोका हरि न्यौपानेको हस्ताक्षर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप