बेलायतमा कोरोना संक्रमण दर फेरि उकालो लाग्दै
लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख ७० हजार २९७ पुगेको छ ।
मृतक संख्यामा भने निरन्तर कमी आएको छ । पछिल्लो २४ घन्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७४८ पुगेको छ ।
बेलायतमा ६ करोड १९ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड १९ लाख ९५ हजार मात्रा खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ८३ लाख ७८ हजार ५६४ जनाले खोपको पहिलो मात्रा लागेका छन् भने दुई करोड ३६ लाख १६ हजार ४९८ जनाले खोपको दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ । मंगलबारसम्मको सरकारी तथ्याँकअनुसार ७२.९ प्रतिशतले पहिलो र ४४.८ प्रतिशतले दोस्रो मात्रा लगाएका हुन् ।
‘इन्डियन भेरियन्ट’बाट २१ वर्ष मुनिका बढी जोखिम
कोरोना महामारीका क्रममा पछिल्लो समयमा बढी घातक सावित भएको ‘इन्डियन भेरियन्ट’ २१ वर्ष भन्दा कम उमेरका लागि बढी खतरा हुने वैज्ञानिकहरुले जनाएका छन् । प्राप्त तथ्याँकअनुसार २१ वर्षभन्दा कम उमेरका मानिसमा इन्डियन भेरियन्ट’ बढी संक्रमित देखिएको बेलायतस्थित इम्पेरीयल कलेज लन्डनका प्रोफेसरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण