बुटवलको कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न
शुक्रबार, १४ जेठ २०७८, २२ : २७
लगातार आएको बर्षाले बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्ष पानी चुहिएर जलमग्न भएको छ ।
आज दिउँसोबाट आइसीयू कक्षमा पसेर समस्या उत्पन्न गराएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । तीन दिन देखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको उनको भनाई छ ।
सुरुमा एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी उठाएर फ्याँक्ने गरिएको छ । लगातारको वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपूर्ति प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले बताए । समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । उक्त अस्पतालमा हाल १३ जना संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण