शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लगातारको वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा पहिरो

शनिबार, १५ जेठ २०७८, ११ : ३२
शनिबार, १५ जेठ २०७८

तीन दिनेदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड  अवरुद्ध भएको छ ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको  प्रदेश  ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले रातोपाटीलाई बताए ।

राजमार्गको  माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन अझै लागि अहिले डोजर गएको र हटाउन कार्य जारी रहेको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ । 

ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप