राष्ट्रियसभाको उप–निर्वाचन अन्तर्गत मतदान सुरु, मुख्यमन्त्रीले गरे सुरुवात
सोमबार, १७ जेठ २०७८, १० : ११
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् । पहिलो मतदान उनले नै गरेका थिए ।
यो पनि
दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।
यो पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

