शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनः साढे १० बजेसम्म १८४ मत खस्यो

सोमबार, १७ जेठ २०७८, १० : ५१
सोमबार, १७ जेठ २०७८

लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी रहेको छ । 
सोमबार साढे १० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा १७४ मत खसेको छ । स्थानीय तहतर्फ महिला ५० र पुरुष ६३ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फ मतदान केन्द्रमा  महिला २६ र पुरुष ३५ जनाले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदान केन्द्रमा ७ पुरुष र ३ महिलाले मतदान गरेका छन् । 

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी रहेको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । 
प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप