स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग
निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका फिल्म प्राविधिकको सहयोगमा कलाकारहरु अगाडि आउन थालेका छन् । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल समेत गरेकी छन् ।
‘हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा फिल्म उद्योग पर्न सकेको छैन’ उनले अगाडि भनेकी छन्, ‘कोरोनाको मारमा सबैभन्दा बढी मारमा फिल्ममा काम गर्ने प्राविधिकहरू परेका छन् ।’ दैनिक छाक टार्न समेत प्राविधिकहरुको समस्या रहेको समाचारले आफुलाई भाबुक समेत बनाएको बताएकी छन् ।
आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई समेत प्राविधिकको सहयोगका लागि आफुले आग्रह गरेको बताएकी खड्काले फिल्म प्राविधिकको काम र पारिश्रमिकको बिषयमा समेत चर्चा गरेकी छन् । ‘लकडाउनको समयसम्म सजिलो बनाउन सके प्राविधिकहरूका लागि ठूलो राहत हुने थियो’ उनले अगाडि भनेकी छन्, ‘यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागेको छ । सक्नेले सहयोग गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण