माओवादीका जिल्ला नेता तामाङको निधन
बिहीबार, २० जेठ २०७८, २२ : ४८
१

नेकपा माओवादी केन्द्रका जिल्ला नेता विष्णुबहादुर तामाङ को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ का ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार निधन भएको हो ।
कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको जनाइएको छ । उनको शव गृह जिल्लास्थित घर ल्याउने काम भइरहेको कर्जन्हा नगरपालिका ५ का वडा अध्यक्ष भुषण खातीले जानकारी दिए । उनको शव शुक्रबार बिहानमात्र दाहसंस्कार गर्ने उनले बताए ।
तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु