माओवादीका जिल्ला नेता तामाङको निधन
बिहीबार, २० जेठ २०७८, २२ : ४८
१
नेकपा माओवादी केन्द्रका जिल्ला नेता विष्णुबहादुर तामाङ को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ का ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार निधन भएको हो ।
कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको जनाइएको छ । उनको शव गृह जिल्लास्थित घर ल्याउने काम भइरहेको कर्जन्हा नगरपालिका ५ का वडा अध्यक्ष भुषण खातीले जानकारी दिए । उनको शव शुक्रबार बिहानमात्र दाहसंस्कार गर्ने उनले बताए ।
तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण