रुकुम र दाङमा निषेधाज्ञा थप
रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ । पछिल्लोपटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङ्क्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
दाङमा असार १ सम्म
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा असार १ गते साँझ ६ बजेसम्मका लागि थपिएको हो । यद्यपि अब भने केही खुकुलो भएको छ । बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् । विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
होटेल, सैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु गर्नुपर्ने छ । बुधबारदेखि यहाँका सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागितामा सबै सरकारी कार्यालय खुल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण