नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने १७ अर्ब नजिक
बुधबार, २६ जेठ २०७८, १६ : ०५
बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ५३ अंकले वृद्धि भएको बजारमा बुधबार एकै दिन १३.५६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा झरेको छ । यस्तै आज क वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ ।
यद्यपि, यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने घटेको छैन । आज कुल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १ लाख ५५ हजार २३९ पटक किनबेच हुँदा अधिकतम १६ अर्ब ९९ करोड ७ लाख ९२ हजार ७०३ रुपैयाँको कारोबार भएको छ ।
आज व्यापार, फाइनान्स, जीवन बीमा निर्जीवन बीमा र म्युचुअल फण्ड समूह बाहेका अन्य सबैजसो समूहहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण